गुल्मीमा जीप दुर्घटना, १ को मृत्यु ७ घाइते



गुल्मी,कात्तिक २८ । गुल्मीमा जीप दुर्घटना भएको छ।गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्लाको गुल्मीदरवार गाउँपालिकाको वडा नम्बर–२ मजुवाबाट हटिया तर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटनामा परेर चालक २४ वर्षका खेम गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रबीणलाल श्रेष्ठले जानकारी दिए । जीपमा सवार ३ जना गम्भीर घाइते भएका छन् ।

अन्य २ जना मध्यम र २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि पाल्पा प्रवासमा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्