आज नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं,कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने श्रोतले जनाएको हो ।

बैठक राख्नेबारे लामो समयसम्म विवाद चलेको थियो। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो ।

यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् । उनीमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्