अमेरिकाद्वारा नेपाललाई सय थान भेन्टिलेटर सहयोग



काठमाडौं कात्तिक २८ । अमेरिकाले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका छन् ।

अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए । स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ ।

बाँकी हरेक सरकारी अस्पताललाई दुई-दुईवटाका दरले दिइने छ । कोरोना भाइरस संक्रमण बढिरहेको बेला भेन्टिलेटरले टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्