यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा बढ्यो : मन्त्री तुम्बाहाम्फे



काठमाडौं कात्तिक २८ ।

संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा बताएकी छन् ।

यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताईन् ।

खासगरी बलात्कार जन्य घटनाहरुमा समाज भित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौंन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ । स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको बताइन् ।

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नु हुँदैन भन्ने सन्देश सञ्चार माध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन्। कडा प्रकृतिका सजाय दिने व्यवस्था कानूनमा गर्दैमा घटना कम हुन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ ।

यस्तै, पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्