बालकुमारीमा रहेको फोहोरमैला संकलन केन्द्रमा आगलागी



ललितपुर कात्तिक २८ ।

ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ।

आगलागीको कारण भने खुलेको छैन। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले दिउँसो १ बजे अचानक आगलागी भएको बताए।

घरहरुको बीचमा आगलागी भएको प्रहरीले जनाएको छ। भीषण आगलागी भएपछि ललितपुर प्रहरी प्रमुख सहितको टोली घटनास्थल पुगेको थियो। आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएपछि आगो फैलिएको थियो।

आगलागीको कारण पार्किङ गरेर राखेका गाडीमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्