थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ३ हजार ५३७ जना कोरोनामुक्त



काठमाडौं कात्तिक २८ । पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा २ लाख ६ हजार ३५३ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ६८ हजार १२९ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३७ हजार २२ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्