डा.गोविन्द केसीलाई कोरोना संक्रमण
![](https://www.sajhapath.com/wp-content/uploads/2020/08/Govinda-KC.jpg)
काठमाडौं कात्तिक २८ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।
केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन्।
डा. केसीमा रुँघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाशप्रश्वासमा समेत समस्या भएको सुवेदीले जानकारी दिए।
उनलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। यतिबेला उनको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।