दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिनपछि कोरोना मुक्त



नुवाकोट,कात्तिक २९ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ कोरोना मुक्त भएका छन्।गत असोज २४ गते कोरोना पुष्टि भएका अध्यक्ष तामाङको ३४ दिनपछिको रिपोर्ट भने नेगेटिभ आएको छ। यद्यपि स्वास्थ्य मापदण्डअनुसार भने दुई साता आइसोलेसनमा बसेपछि नियमित कर्म गर्न सकिने बताइदै आएको छ। त्यसो त दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले पनि २८ दिनमा कोरोना जित्न सफल भएकी थिइन ।

अध्यक्ष तामाङको परीक्षणका लागि स्वाब संकलन गरिएको छैठौँ पटकमा शुक्रबार रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।कोरोनासंग मिल्दोजुल्दो लक्षण रुघाखोकी र ज्वरो देखिएपछी स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागी पठाईएको थियो ।

आफू संक्रमण अवधिमा आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै प्रमुख तामाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यालयको काममा फर्किने बताए  ।

प्रतिक्रिया दिनुहोस्