श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ



धनुषा कात्तिक २९ ।

धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक एसपी रमेश बस्नेतले जानकारी दिए । उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिए।

अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि उहाँले बताए। आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्