थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि,२५ सय ३ जना डिस्चार्ज



काठमाडौं कात्तिक २९ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्