काठमाडौं उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २९ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ। हालसम्म ७५ हजार ७७३ संक्रमित निको भएका छन्।

काठमाडौंमा ७७ हजार ६४५ , ललितपुरमा ११ हजार १६२ र भक्तपुरमा ७ हजार ४४ संक्रमित भएका मध्ये काठमाडौंका ६१ हजार ३७९, ललितपुरका ८ हजार ७३२ र भक्तपुरका ५ हजार ६६२ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५ हजार ९६७, ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा १ हजार ३०६ सक्रिय संक्रमित रहेका छन्। आज उपत्यकामा ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुरमा ३ संक्रमितको मृत्यु भएको छ। उपत्यकामा अहिलेसम्म ४५९ जना संक्रमितको मृत्यु भएको छ। जसमा काठमडौंमा २९९, ललितपुरमा ८४ र भक्तपुरका ७६ जना संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्