नेपाललाई चालु आर्थिक वर्षमा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त



काठमाडौं कात्तिक २९ ।

नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे चार सय प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । यो गएको आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चार सय ४४ प्रतिशतले धेरै हो ।

वैदेशिक प्रतिबद्धतामध्ये ७७ अर्ब ७२ करोड ऋण र सात अर्ब ९८ करोड रुपैयाँ अनुदान रहेको छ । पोहोर तीन महिनामा जम्मा १५ अर्ब ६७ करोड रुपैयाँको मात्रै प्रतिबद्धता आएको थियो ।

वैदेशिक सहायता प्रतिबद्धतामध्ये सुशासन क्षेत्रको लागि ६३ प्रतिशत, ऊर्जामा ३३ प्रतिशत र शिक्षामा दुई र पुनर्निर्माण तथा कोरोना रोकथाममा एकरएक प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्