ओखलढुंगाको रगनीमा फेरि अर्को घर जल्यो



ओखलढुंगाकात्तिक ३० । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रगनीमा पुनः अर्को घर जलेको छ ।

शनिबार साँझ भएको आगलागीमा २ तले घर जलेर नष्ट भएको छ । स्थानीय रगनीको जोगीडाँडाका मेघराज घिमिरेको घर जलेर नष्ट भएको हो ।

स्थानीयका अनुसार सो आगोलागिमा करिब १७ लाख बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर हो वा मैनबत्तीका कारणले हो खुलिसकेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि पनि रगनीमा आगलागीका घटना घटिरहेको छ।

प्रतिक्रिया दिनुहोस्