लिबियामा आगामी डिसेम्बरमा राष्ट्रिय निर्वाचन हुने



एएफपी, कात्तिक ३० । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् ।

सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको समर्थनमा भएको जनविद्रोहमा लामो समयदेखि शासन गर्दै आएका शासक मोमर गद्दाफीलाई पदच्युत गरिएपछि हत्या भएको थियो । लिबियामा गद्दाफीको अन्त्यपछि मुलुक प्रगतिपथमा अघि बढ्ने अधिकांश लिवियाली जनताको आकांक्षा थियो । तर त्यसो हुन नसकेको लिवियाली राजनीतिबारे जानकार विश्लेषकहरूले बताएका छन् । हत्यापछि लिबियाली नागरिक झन् अराजकता र हिंसाको शिकार बनेको छ ।

पूर्व र पश्चिममा प्रतिद्वन्द्वी प्रशासनहरू दुबै बहुसङ्ख्यक सशस्त्र समूह र विदेशी शक्तिहरूले समर्थन गरेकाले भूमध्यसागरीय देशलाई आफ्नो प्रभाबमा पार्ने पैयास गर्दै आएका छन् ।

शुक्रबारको घोषणा ट्यूनिसियामा विगत पाँच दिनदेखि द्वन्द्वरत दुवै पक्ष र लिवियाली नागरिक समाजका अगुवा, राष्ट्रसंघका प्रतिनिधिबीच जारी राजनीतिक वार्तापछि आएको हो ।

वार्तामा सहभागी सबैले आम निर्वाचन आगामी डिसेम्बरको २४ गते गर्न सहमत भएको राष्ट्रसंघका विशेष प्रतिनिधि स्टेफानी विलियम्सले सञ्चारकर्मीलाई भर्चुअल पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस्