कपिलवस्तुमा डेढ लाख बढीको पटका बरामद



कपिलवस्तु,कात्तिक ३० । कपिलवस्तुमा तिहारका लागि भित्र्याइएको पटका प्रहरीले बरामद गरेको छ । विभिन्न नाका हुँदै तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका प्रहरीले बरामद गरेको हो।

सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाचका क्रममा पटाका बरामद गरिएकाे प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । ६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल ढेड लाख बढी मूल्यका पटाका बरामद गरिएको थियो ।

बरामद पटाकालाई तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेन पछि गाडेर नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्