आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गयो



डोटी, कार्तिक ३० । आफैंले पालेको राँगोले हान्दा पुरुषको ज्यान गएको छ। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा ज्यान गएको हो ।

राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

उनले उक्त राँगोलाई दुई वर्षदेखि पाल्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्