नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १२१५ पुग्यो



काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै स्वास्थ्य मन्त्रालय अनुसार २ लाख ८ हजार २९९ संक्रमित पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ सय ३ जना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनको संख्या एक लाख ७० हजार ६३२ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्