हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज



काठमाडौं,कात्तिक ३० । कोरोना भाइरस संक्रमण भइ अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत् जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । ’शुभचिन्तकलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्