धनुषाबाट ५८ बोतल एसिडसहित व्यापारी पक्राउ



जनकपुर कात्तिक ३० । धनुषाबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई पक्राउ गरिएको छ ।

बियरको बोतलमा भरेर राखिएको अवस्थामा नागेन्द्र साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ ।

विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । पछिल्लो पटक साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ । नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्