नौ नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु अहिले पनि लागि परेका छन् :मुख्यमन्त्री पोखरेल



दाङ कात्तिक ३० ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्तिको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन ।

नौ नौ महिनामा, दश÷दशमहिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताजीहरु अहिले पनि केही पाउन सकिन्छकी भनेर सरकार परिवर्तन गर्न लागि परेको मुख्यमन्त्री पोखरेलले बताए ।
मुलुकमा धेरै सरकार परिवर्तन भएको बताउदै मुख्यमन्त्री पोखरेलले सरकार बदल्ने कुरा जनता र राष्ट्रको हितमा नभएको बताउँदै यतिबेलाको आवश्यकता राजनीतिक स्थायीत्व, विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको बताए ।

तीन बर्षमा सरकारले धेरै राम काम गरेको बताउदै उनले सरकारलाई राम्रो ढंगले आडभरोसा दिनेबेला भएको बताए । विशिष्ट अथिति तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रको विकास र समृद्धिका लागि फड्को मारेको बताए ।

राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका –७ का वडाध्यक्ष टोपबहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्