काठमाडौं उपत्यकामा ८०७ कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ३० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्