देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौं कात्तिक ३० ।

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

उदयपुर, नवलपरासी र पर्सामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ मा स ९ प ४७२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १८ वर्षीया निर्मला विकको मृत्यु भएको छ ।

नवलपुरको प्रतापपुर गाउँपालिका–९ मा यूपी ५६ एस ०१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय विवेक घर्ती मगरको मृत्यु भएको छ ।

त्यस्तै, पर्सा जिल्ला धोबिनी गाउँपालिका–१, ओरिया खोलामा ना ३ त ९४९५ नम्बरको ट्याक्टर धोएर निकाल्ने क्रममा पल्टिन गई ४० वर्षीय चालक विजय पटेलको मृत्यु भएको छ । सबै दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु भएको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्