कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गरौँ : मन्त्री श्रेष्ठ



काठमाडौं मसिर १ ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

सोमबार शङ्खधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे । कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।

उपत्यका मेयर फोरमका सचिवसमेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरू उपत्यका फर्किने क्रम सुरु भएकाले सङ्क्रमणको जोखिम अझ बढेको बताए । उनले मङ्सिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्ने बताए।

केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाई छठपछि कडा निषेधाज्ञा जारी गरी उपत्यकाको बढ्दो सङ्क्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्