उत्तरी गोरखामा हिमपात जनजिवन प्रभावित



गोरखा मंसिर १ ।

उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ ।

मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए ।

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए । हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्