प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान



संखुवासभा मंसिर १ ।

संखुवासभा चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ ।

गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकताबीच गोली हानाहान भएको छ । सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएस्पी नवराज मल्लले जानकारी दिए ।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकताले गोली प्रहार गरेको डिएस्पी मल्लले बताए । विप्लव कार्यकताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ खोलेको डिएस्पी मल्लले बताए ।

गोली हानाहान बाट कुनै पनि मानविय क्षति नभएको उनले बताए । प्रहरीले फाइरिङ खोलेपछि विप्लव कार्यकता भागेको प्रहरी डिएस्पी मल्लले बताए । त्यस क्षेत्रमा दुवै पक्षबाट केहीबेर फायर चलेको स्थनियले बताए ।

प्रहरी र विप्लव कार्यकताबीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना स्थल मैदानेमा ससस्त्र प्रहरी र नेपाल प्रहरी सहित ६० सुरक्षाकर्मी खटाइएको बताइएको छ ।

घटनास्थलमा ससस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुर बाट थप सुरक्षाकर्मी घटना स्थल पुगेको छ । घटना स्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर विप्लव कार्यकताको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट अहिले सम्म कोही ब्यक्ति फेला नपरेको डिएस्पी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्