चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ



पर्सा मंसिर १ ।

पर्सामा सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ को मितेरीपुल नजिकै वीरगञ्ज महानगरपालिका ३ को छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।

नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई जाँच गर्ने क्रममा प्रहरीले अभिषेकको साथबाट २ किलो ४४५ ग्राम र धिरजको साथबाट २ किलो ४४५ ग्राम चरेस बरामद गरेको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय विर्तामा ल्याइ थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्