हङकङ आगलागीमा मृत्यु हुनेको परिवारलाई सहयोग गर्न देउवाको माग



काठमाडौं मंसिर १ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हङकङ आगलागीमा परी मृत्यु भएकाको परिवारलाई आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले आगलागीमा परी मृत्यु भएकाको परिवार र उपचाररत घाइतेलाई नेपालबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । देउवाले आज सामाजिक सञ्जालमा टिव्ट गर्दै गएराति हङकङमा भएको आगलागीमा परी ७ जना नेपाली नागरिकको मृत्यु भएको खबरले स्तब्ध भएको बताए ।

साथै उनले यो कठिन घडीमा एक–अर्कालाई आवश्यक मद्दत गर्न सम्पूर्ण हङकङबासी नेपालीलाई पनि आग्रह गरे । हङकङ जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा गएराति आगलागी हुदाँ ७ जना नेपालीको मृत्यु र १८ जना घाइते भएका थिए । जन्म दिनको पार्टी मनाइरहदाँ भएको आगलागीबाट नौ वर्षीय बालकसहित चार पुरुष र तीन महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्