डोल्पामा हिमपात, जनजीवन कष्टकर



डोल्पा,मंसिर २ । डोल्पामा सोमबार बिहानैदेखि हिमपात भएको छ । हिमपातसंगै  स्थानीयको जीवन कष्टकर बनेको शे-फोक्सुण्डो गाउँपालिका ८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए। डोल्पाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन् ।

डोल्पाको माथिल्लो डोल्पास्थित शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्‍ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात सुरु भएको थियो भने तल्लो डोल्पामा पर्ने सहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा सुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ।

हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिले पनि निरन्तर रुपमा हिमपात भइरहेकाले चाडबाड तथा स्थानीयको जनजीवन प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्