नेवार समुदायमा केहीले आज भाइटीका लगाउँदै



काठमाडौ,मंसिर २ । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् । बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएको भाइटीका केही नेवार सम्प्रदायले भने मंगलबार लगाएर मनाउदै छन् ।

मंगलबार बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने तयारी गरेका हुन् । यस्का लागि सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा समेत दिएको छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्