विश्वमा कोरोना संक्रमितको संख्या साढे पाँच करोड



एजेन्सी, मंसिर २ । विश्वमा कोरोना संक्रमितको संख्या साँढ ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच लाख नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ३२ हजार ३ सयको मृत्यु भएको छ । विश्वभर ३ करोड ८४ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५५ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५२ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्