नेकपा अध्यक्ष दाहाल र पार्टी महासचिव पौडेलबीच भेटवार्ता



काठमाडौं मंसिर २ ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुले भेटवार्तालाई तीव्र बनाएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र पार्टी महासचिव विष्णु पौडेलबीच मंगलवार विहान भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

पौडेलले दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् । पार्टीका स्थायी समितिका बहुमत सदस्यहरुले भोलिका लागि बोलाएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् । भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा रहेका छन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले केही दिन यता राजनीतिक भेटघाट बढाएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेतालाई भेटेका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्