प्रधानमन्त्री रोजगार कार्यक्रम : ६ अर्ब ८९ करोड निकासा



काठमाडौं मंसिर २ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ लाख ३३ हजार ३ सय २७ श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउन स्थानीय तहलाई ६ अर्ब ८९ करोड निकासा गरेको छ ।

चालु आर्थिक वर्षमा २ लाख श्रमिकहरुलाई न्यूनतम १ सय दिनको रोजगारी ग्यारेन्टी गर्ने उद्घोष गरेको सरकारले १ लाख ३३ हजार ३ सय २७ श्रमिकहरुलाई १०० दिनको रोजगारी उपलब्ध गराउन उक्त रकम पठाएको हो ।

अब बाँकी ३ अर्ब ४४ करोड ७० लाख अनुदान रकम आवश्यकताअनुसार पुनः बाँडफाँड गरी पठाइने श्रम मन्त्रालयले जनाएको छ । सरकारले चालु आवको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ। सो रकमबाट २ लाख विपन्न बेरोजगार युवाहरुलाई १०० दिनको रोजगारी ग्यारेन्टी गर्ने सरकारको लक्ष्य छ ।

त्यस्तै ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नामक कार्यक्रममार्फत विश्व बैंकबाट प्राप्त करिब १४ अर्ब रुपैयाँ बराबर ऋण पनि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा नै खर्चिने सम्झौता गरिसकेको छ ।

युवाहरुलाई देशमै आकर्षित गर्ने उदेश्यले आव २०७५/०७६ देखि अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले वार्षिक अर्बौ रुपैयाँ छुट्याउँदै आएको छ । तर यो कार्यक्रममार्फत दीर्घकालीन रोजगारी सिर्जना भने हुन सकेको छैन। कार्यक्रमलाई दीर्घकालीन बनाउन र लक्षित वर्गसम्म पु¥याउन सरकारले पहल गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्