काठमाडौं उपत्यकामा ३ सय ३९ जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर २ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थपिनेमा १ सय ९३ जना पुरुष रहेका छन् भने १ सय ४६ जना महिला रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा अहिलेसम्म एक लाखभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं जिल्लामा अहिलेसम्म ७८ हजार ९ सय ३९ कोरोनभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । अहिले काठमाडौं जिल्लामा मात्रै १३ हजार ३ सय २१ कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ७ हजार १ सय ४२ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ ७८ जनाको कोरोनाका कारण निधन भएको छ भने ५ हजार ९ सय २९ जनाले कोरोना जितेका छन् । अहिले भक्तपुरमा १ हजार १ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पोजेटिभ रहेको छ ।

त्यस्तै, ललितपुरमा अहिलेसम्म ११ हजार ४ सय ७१ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ललितपुरमा अहिलेसम्म ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ २ हजार ७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्