नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १२ सय ४७ पुग्यो



काठमाडौं मंसिर २ ।

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन् । संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्