राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज



काठमाडौं मंसिर २ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणका कारण निमोनिया भएर उपचाररत भएका केसी मंगलबार डिस्चार्ज भएका हुन् ।

एक सताअघि काठमाडौंको मेडीसीटी अस्पताल भर्ना भएका केसीको स्वास्थ्यमा उल्लेख्य सुधार भएका कारण डिस्चार्ज गरिएको अस्प्ताल स्रोतले बताएको छ ।

पेटसम्बन्धी दीर्घ रोगी केसीको सबै परीक्षणको रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्