टिपर दुर्घटनामा चालकको मृत्यु



पाल्पा,मंसिर ३ । टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका-१३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्