ककनी गाउँपालिकाका अध्यक्ष तामाङलाई मातृशोक



नुवाकोट मंसिर ३ । ककनी गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला संगठन कमिटीका सदस्य मानबहादुर लामालाई मातृशोक परेको छ ।

तामाङकी आमा थर्साङ लामाको बुधबार बिहान ४ बजे ८९ वर्षको उमेरमा निधन भएको हो । पारिवारिक सुत्रको अनुसार १०/१२ दिनयता खाना कम खाने र अन्य समस्या देखिएको थिएन । बुधबार बिहान ४ बजे आकस्मिक रुपमा निधन हुन पुगेको बताइएको छ । थर्साङका छोराहरु मानबहादुर र दिलबहादुर, ज्ञानबहादुर लामा लगायत छन् ।

दिलबहादुर पनि नेकपा नुवाकोट जिल्ला संगठन कमिटीका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्