नेकपा सचिवालय बैठकसँगै जुधाएर बोलाइएको मन्त्रिपरिषद् बैठक सर्‍यो



काठमाडौँ मंसिर ३ । नेकपाको सचिवालय बैठककै समय बुधबार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।

सत्तारुढ दल नेकपा सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक २ बजेलाई सारिएको बालुवाटार स्रोतले जनाएको छ । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्