नेकपा सचिवालयका सबै सदस्यले राजीनामा गरौं : महासचिव पौडेल



काठमाडौं मंसिर ३ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए । पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्