थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी, ३५ सय ३८ जना डिस्चार्ज



काठमाडौं मंसिर ३ ।

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आजको पीसीआर ६ हजार ७ सय ३१ रहेको छ। यससँगै नेपालमा हालसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ९१० जना रहेका मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित छन् ।  थप ३५ सय ३८ जना निको भएका छन्। यससँगै हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्