काठमाडौं उपत्यकामा एक हजार ३८ कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर ३ ।

बुधबार काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १०३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्