कैलालीमा ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु



कैलाली, मंसिर ४ । कैलालीमा ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुष रहेका छन् ।उनको श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको र गएराती उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती करिब ११ बजेतीर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्