पत्रकार एवं समाजसेवी शर्मालाई कोरोना संक्रमण



नवलपरासी, मंसिर ४। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक नारायण शर्मा चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कात्तिक २७ गते गैंडाकोटमा लिइएको स्वाबको पोखरामा परीक्षण गर्दा ३० गते नतिजा पोजिटिभ आएको पत्रकार शर्माले जानकारी गराएका छन् । आफ्नो रिपोर्ट पोजिटिभ आए पनि आफूलाई कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको शर्माले बताए ।

उनी कोरोना संक्रमित भइसकेपछि हालसम्म आफू होम आइसोलेसनमा छन् । नवलपुरबाट लामो समयदेखि पत्रकारिता गरिरहेका शर्मा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष भइसकेका छन् । समाजसेवामा पनि रुची राख्ने शर्मा नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ मा रहेको जनकल्याण सामुदायिक पाठशालाका सहयोगदाता समेत हुन् । उनले जिल्ला तथा अन्य क्षेत्रमा विभिन्न खालका सहयोग समेत पुर्‍याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्