कोरोना उपचार नि:शुल्क नगर्ने सरकारी अस्पताललाई कारबाही हुने



काठमाडौं मंसिर ४ । कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोनाको उपचारका लागि तोकिएका केही अस्पतालहरुले निशुल्क उपचार नगरेको गुनासो आएकाले त्यस्ता अस्पताललाई निशुल्क उपचारको लागि निर्देशन दिएको हो ।

मन्त्रालयले निशुल्क उपचार गर्ने अस्पताहरुलाई नियम अनुसार शोधभर्ना रकम उपलब्ध गराउने स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका संक्रमितहरुको परीक्षण र उपचार निशुल्क गर्ने तर कोरोना बिमा गरेकाको हकमा बिमा रकमबाट कट्टा गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्