नुवाकोट चिलाउने आविका विद्यार्थीलाई बाँडे पर्यटन व्यवसायी शेर्पाले ६ लाख १० हजार



नुवाकोट मंसिर ४ । नुवाकोटको तादी गाउँपालिका २ चिलाउने आधारभूत विद्यालयका विद्यार्थीलाई नगद ५ हजारका दरले सहयोग वितरण गरिएको छ ।

शैक्षिक खर्च तथा कोरोनाका कारण विद्यालय जानबाट बन्चित नहोस्‌ भन्ने उद्देश्यसहित १ सय २२ घरधुरीका विद्यार्थीहरुलाई पर्यटन व्यवसायी एवं समाजसेवी टाशी तेन्जिङ शेर्पाको सहयोगमा उक्त रकम बिहीबार वितरण गरिएको हो । सहयोग वितरण सम्बन्धमा तादी २ का वडाध्यक्ष बच्चुराम तामाङले लेखेका छन्, ‘तादी गा.पा. २ का चिलाउने आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका सबै अभिभावक (122 घर धुरी) लाई विद्यार्थीहरुको शैक्षिक खर्च तथा कोरनाका कारण बिद्यालय आउनबाट बन्चित नहोस् भन्नका लागी र विद्यार्थीहरुलाई हौसला स्वरुप नगद रु.५ हजारको दरले रु.६ लाख १०हजार पर्यटन व्यावसायि एवं समाजसेवी टाशी तेन्जिङ शेर्पाको सहयोगमा आज बितरण गरियो ।’

पछिल्लो समयमा जिल्लामा विद्यालय भवन निर्माण, छात्रवृत्ति वितरण र अन्य खालका सहयोगका लागि सरकारी, गैरसरकारी संघसंस्थाले अग्रसरता देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्