सामान्य अवस्थामा फर्कदै अदालतहरु



काठमाडौं, मंसिर ५ । कोरोना भाइरसको संक्रमण बढेपछि मुद्दाको सुनुवाइमा कमी गरेको सर्वोच्च अदालतले दशैं–तिहारको बिदापछि पूर्णरुपमा कारबाही थालेको छ ।

सर्वोच्च अदालतका एक अधिकृतले तिहारको बिदापछि मुद्दाको कारबाही पूर्णरुपमा थालेको जानकारी दिए । हिजो बिहीबार मात्र सर्वोच्च अदालतमा १ सय २० थान मुद्दा पेसीमा चढेका थिए । तीमध्ये १८ थान मुद्दा फैसला भए भने ३७ वटामा आदेश भएको सर्वोच्च अदालतबाट थाहा भएको छ ।

पेसीमा चढेका मुद्दामध्ये २३ थान स्थगित भएका थिए । बाँकी ४१ वटा मुद्दामा समयाभावका कारण हेर्न नभ्याइने भनी जनाइएको छ । कोरोना भाइरसको संक्रमण भएसँगै सर्वोच्च अदालतको गत चैत ७ गतेको बसेको पूर्ण बैठकले सीमितरुपमा मात्र मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस्