कोरोनाबाट होटेल संघ नेपालका निवर्तमान अध्यक्षको ज्यान गयो



काठमाडौं मंसिर ५ । कोरोना भाइरस संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । उनी ७० वर्षका थिए ।

शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।

प्रतिक्रिया दिनुहोस्