नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको एकैपटक सरुवा



काठमाडौं मंसिर ५ ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको एकैपटक सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

एसएसपीको सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरु पनि फेरिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ।

यसैगरी महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुखका रुपमा जनक भट्टराई आएका छन् । हालका प्रमुख भीम ढकाल भने प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्