नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन



काठमाडौं मंसिर ५ ।

नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डा.मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा डा.अमृत पोखरेल र बलराम गौतम सदस्य रहेका छन् । निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरेर उडाउन भरेका व्यक्तिको पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले छानबिन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता, नेपाल एयरलाइन्सले हङकङ उडान भर्नका लागि सरकारी प्रयोशालाको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । एयरलाइन्सले अनिवार्य रुपमा सरकारी प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट पेस गरेर मात्रै यात्रु उड्न पाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्