नेपालमा २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ३६४ कोरोनामुक्त



काठमाडौं मंसिर ५ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख १६ हजार ९६५ संक्रमितको संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८९९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १० हजार ३४० पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म २४ हजार ६६५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५३ जना रहेका छन् ।

२४ घण्टामा ५ हजार ३६४ कोरोनामुक्त, २२ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ३६४ ना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९१ हजार २ संख्या पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १ हजार २९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्